
के सम्झुँ खै आँफ्ना चिज, कुन-कुन बेचेकी थिएँ ?
बाबु, तिम्लाई हुर्काउन मैले मेरो खुन बेचेकी थिएँ
आज गरगहनामाथि सुत्छु आमा भनेर फोन गरेउ
तिम्रो यही खुसी देख्न, कानको सुन बेचेकी थिएँ
‘भरिपूर्ण छु म आमा’ भनेको सुन्दा खुसी लाग्छ
पेटभरी तिम्लाई खुवाएर बाँकी तिहुन बेचेकी थिएँ
जहाँजता म गए पनि एक्लै घरमा कहिल्यै छोडिनँ
कोखिलामा तिम्लाई च्यापेर मैले नुन बेचेकी थिएँ
छोरा ! त्यसैले त दुनियाँले तिम्लाई पुकार्छन् आज
बजारभरी मेरा सबै बैगुन र तिम्रा गुन बेचेकी थिएँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4