+
+

नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १४:०३

काठमाडौं । दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न पाउने भएका छन् ।

१ कात्तिकदेखि ३० कात्तिकसम्म लागु हुने यस योजनामा नेपाल पे इनस्ट्यान्ट मार्फत ग्राहकहरुले बैंक/वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आईपीएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सक्ने छन् ।

नेपाल पे इनस्ट्यान्टको सुविधा कनेक्ट आईपीएस, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेल पे, हाम्रो पे र मोरु वालेटहरुमा उपलब्ध रहेको छ ।

नेपाल पे इनस्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेसको आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ ।

ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सक्नेछन् भने यसका लागि बैंक खाताको विवरण आवश्यक पर्दैन ।

नेपाल पे इनस्ट्यान्ट मार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्ट आईपीएसबाट ट्रान्स्फर गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?