
१० कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि बोलाइको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन् ।
यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो । स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4