+

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

२०८० कात्तिक  ११ गते ८:२६ २०८० कात्तिक ११ गते ८:२६
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

११ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ

८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

यस्तो छ नेपाली टोली –

टी-२० विश्वकप छनोट नेपाली क्रिकेट सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय