+
+

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित, नेपालको मत पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते ९:३६

११ कात्तिक,. काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।

अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिए । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?