+

मुन्नी मिश्री भलिबलको उपाधि कटरैतले जित्यो

२०८० कात्तिक  ११ गते १९:१३ २०८० कात्तिक ११ गते १९:१३
मुन्नी मिश्री भलिबलको उपाधि कटरैतले जित्यो

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको कान्तिबजारमा भएको दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबलको उपाधि कटरैत भलिबल क्लब धनुषाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई २–३ ले पराजित गर्दै कटरैत भलिबल क्लब धनुषाले उपाधि जितेको हो ।

सामुदायिक विकास युवा क्लब कान्तिबजारले आयोजना गरेको प्रतियोगिताको विजयी कटरैतले नगद २१ हजार रुपैयाँ र उपविजेता गोरहन्नाले ११ हजार रुपैयाँ पाएको छ । उनीहरुलाई बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्रीले पुरस्कार प्रदान गरे ।

कटरैतका शैलेन्द्र यादव उत्कृष्ट खेलाडी घोषित भए, कटरैतकै उदित यादव वेष्ट लिफ्टर, गोरहन्नाका नितेश चौधरी वेष्ट स्पाइकर र रविन श्रेष्ठ वेष्ट ब्लकर घोषित भए । प्रतियोगितामा सर्लाही, महोत्तरी र धनुषाका १६ टिम सहभागी थिए ।

खेलकुद भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय