११ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले चेल्सीलाई हराएको छ । सिजनको तेस्रो जित हात पार्ने क्रममा ब्रेन्टफोर्डले शनिबार भएको खेलमा चेल्सीलाई २–० ले हराएको हो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८औं मिनेटमा ब्रेन्टफोर्डले इथन पिनोकको गोलबाट अग्रता लियो । खेलको इन्जुरी टाइममा ब्रायम मब्युमोले गोल गरेपछि ब्रेन्टफोर्डले ३ अंक पक्का गर्यो ।
जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड १०औं स्थानमा उक्लिएको छ भने चेल्सी १२ अंकसहित ११ औं स्थानमा छ ।
प्रतिक्रिया 4