
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बझाङमा भूकम्पबाट क्षतिग्रस्त एउटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
गत १६ असोजमा आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ ।
बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको खत्रीले बताए ।
कम्पनीको सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने उनले बताए ।
विद्यालयका प्रधानाधयापक खातीले शिक्षाका लागि कम्पनीले आफ्नो विद्यालयमा गरेको आर्थिक सहयोगप्रति धन्यवाद दिए ।
प्रतिक्रिया 4