+
+

राष्ट्रसंघका महासचिव गुटेरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:१५

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ ।

उपप्रधानमन्त्री खड्कासँग गुटेरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन् । यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । आइतबार राति नेपाल आएका गुटेरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?