+
+

६ वर्षपछि ‘बिचरा म’बाट कन्दराको ‘कमब्याक’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:४५

काठमाडौं । ९० को दशक कन्दरा ब्याण्डको नाममा पनि रह्यो । यो लोकपप ब्याण्डका मर्मस्पर्शी गीत सुन्दै हुर्किनुभएको हो भने अहिले पनि तपाईंलाई नोस्टाल्जिक बनाउन सक्छ ।

स्थापनाको २५ वर्षमा ब्याण्डले पाँच एल्बम रिलिज गर्‍यो । सन् १९९४ मा ‘चञ्चले कान्छी’ ल्याएको ब्याण्डले पछिल्लोपटक सन् २०१६ मा ‘भेडी गोठैमा’ ल्यायो । सात वर्ष लामो अन्तरालपछि कन्दराले नयाँ गीत ‘बिचरा म’ सार्वजनिक गरेको छ ।

ब्याण्डका आधिकारिक सामाजिक सञ्जालका ह्याण्डल र टेलिभिजनबाट सार्वजनिक यो गीत पनि मर्मस्पर्शी लाग्छ । आनन्द अधिकारीको शब्द, सुनिल थापाको संगीत र गिटारवादक हरि महर्जनको संगीत संयोजनमा तयार भएको गीतमा ब्याण्डका नयाँ सदस्य पनि जोडिएका छन् ।

भोकलिस्टमा विवेक श्रेष्ठ र सुनिल थापा पर्कसन यथावत छन् । नयाँ सदस्यमा हरि महर्जन र देव लामा गिटारमा, ड्रममा सुन्दर महर्जन र बेस गिटारमा पंकज झा छन् । रेडियो नेपालको लाइभ रेकर्डिङमा छायांकन गरिएको यो गीत भिडियो आशिष पराजुलीले निर्देशन गरेका हुन् ।

ब्याण्डको व्यवस्थापनको जिम्मेवारी लिएको आदि डिजिटलले गीतको निर्माण गरेको हो । गीतकार अधिकारीले गीतमा मुलुकका चर्चित पर्यटकीय स्थलदेखि सांस्कृतिक पक्षलाई बुनेका छन् । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित कन्दराले मंसिर १६ गते पोखरामा एकल कन्सर्ट पनि गर्दैछ । सातै प्रदेशमा यस्तो कन्सर्ट गर्ने ब्याण्डको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?