+
+

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:५१

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।

महासचिव गुटेरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटेरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?