+
+

संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं : राष्ट्रसंघ महासचिव

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १५:१४

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?