+

अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

२०८० कात्तिक  १२ गते १५:१७ २०८० कात्तिक १२ गते १५:१७
अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

१२ कात्तिक, काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।

अर्ना बियर टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय