+
+

‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १७:००

काठमाडौं । ‘हल्कारा’को अन्तर्राष्ट्रिय यात्रा अझै रोकिएको छैन । आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको यो फिल्म अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको हो । प्रतिस्पर्धाको लाइनअपमा यस वर्ष ओस्कारमा सिफारिस भएका एसियाली मुलुकका अन्य फिल्म पनि समावेश छन् ।

विक्रम सापकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्छ । एक हुलाकीको माध्यमबाट निर्देशकले कथा भन्ने प्रयत्न गरेका छन् । घरमा राम्रो समीक्षा प्राप्त गरेको यो फिल्मलाई रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् ।

फिल्ममा महेश त्रिपाठीले हुलाकीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा विनिता थापा मगरको पनि शीर्ष भूमिका छ । फेस्टिभलको ओपनिङ फिल्ममा यस वर्ष ओस्कारमा सिफारिस दक्षिण कोरियाली फिल्म ‘कंक्रिट युटोपिया’ र समापन फिल्ममा चीनको ‘क्रिएसन अफ द गड्स आइ : किङ्डम अफ स्ट्रोम्स’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?