+
+

देउवा र ओलीसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १७:०१

१२ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

बिहानदेखि भेटघाटमा रहेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

संसद भवन परिसरमा भएको भेटमा शान्ति प्रक्रिया लगायतका विषयमा कुराकानी भएको छ ।

शनिबार मध्यरातमा काठमाडौं आइपुगेका राष्ट्रसंघका महासचिव गुटेरेसले सुरुमा परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए ।

त्यसपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेटवार्ता गरेर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच झण्डै आधा घन्टा कुराकानी भएको थियो । त्यसपछि संसद भवन पुगेका गुटेरेसले सभामुख देवराज घिमिरेसँग पनि भेट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?