+

टी-२० विश्वकप क्रिकेट छनोटको म्यान अफ द म्याचलाई ‘दिमाग खराब’ले ५० हजार दिने

२०८० कात्तिक  १२ गते २०:२१ २०८० कात्तिक १२ गते २०:२१
टी-२० विश्वकप क्रिकेट छनोटको म्यान अफ द म्याचलाई ‘दिमाग खराब’ले ५० हजार दिने

१२ कात्तिक, काठमाडौं । नेपाली फिल्म ‘दिमाग खराब’ र नेपाल क्रिकेट संघ क्यानबीच सहकार्य हुने भएको छ । यससम्बन्धी सम्झौतामा आज आइतबार हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ‘दिमाग खराब’ले सोमबारदेखि सुरु हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने छ ।

यस्तै ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । यस्तै नेपाली चलचित्र ‘दिमाग खराब’ले कमाएको नाफाको ५ प्रतिशत रकम क्यानलाई उपलब्ध गराउने छ । नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको फिल्मका निर्माता रौनकविक्रम कडेलले बताए ।

टी-२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।

टी-२० विश्वकप छनोट दिमाग खराब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय