
काठमाडौंँ । राजेश बर्देवा र प्रीति आलेको स्वर समावेश गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।
भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । तामझामसहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ ।
उत्सव बिष्टको निर्माण र लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ बर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।
रेष्टुरेन्टको माहोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ बर्षको उमेरमा के कस्ता खतरा आइपर्छ भनजेर देखाइएको छ । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।
भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफुले गरेको गायक बर्देवाले बताए ।
प्रतिक्रिया 4