+

यो सम्मानजनक स्कोर हो : भेषावकर

२०८० कात्तिक  १३ गते ११:०३ २०८० कात्तिक १३ गते ११:०३
यो सम्मानजनक स्कोर हो : भेषावकर

काठमाडौं ।  टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।  कमेन्ट्री गेस्टमा रहेका क्रिकेटर शरद भेषावकरले यसलाई सम्मानजनक स्कोर भनेका छन् ।

थप उनकै शब्दमा-

यो अन्डर पार स्कोर हो । त्रिविको फ्ल्याट विकेट हो । बिहानी कन्डिसनमा बलिङ गर्न पाउँदा नेपाललाई सजिलो भयो । यो विकेटमा यो चेजेबल नै हो । सजिलै हुन्छ ।

बलिङमा नेपालका सबैले राम्रो गरे । सन्दीपले पनि कमब्याकमा राम्रो गरे । उनले आफ्नो अनुभव अनुसार विकेट लिए ।

गुल्सनको बलिङ इम्प्याक्टफुल भयो । यसअघिका खेलमा उनले मिडल ओभरमा आएर विकेट लिइरहेका थिए र यस खेलमा पनि उनले त्यही काम गरे र त्यो महत्वपूर्ण रह्यो ।

गुल्सन र सन्दीपको बलिङ पार्टनरसिप राम्रो भयो । त्यो बिचको स्पेलमा उनीहरुले विकेट लिँदा नेपालको लागि भाइटल भयो कम स्कोरमा रोक्नका लागि ।

सिंगापुरले राम्रो सुरुवात गर्न पाएको थियो । पावर प्लेमा ५१–१ थियो । यसलाई बेस्ट सुरुवात नै भनौँ । तर त्यसपछि बीचमा ३–४ विकेट गयो । सन्दीप र गुल्शनले राम्रो गरे । त्यो सुरुवात हेर्दा १६०–७० स्कोर बन्छ कि जस्तो थियो र त्यो राम्रो स्कोर पनि हुन्थ्यो ।

रोहनले सुरुमा अट्याकिङ क्रिकेट खेलेर नेपाललाई ब्याकफुटमा धकेल्नुभएको थियो । उहाँले सुरुवात पाए पनि १५–१६ ओभरसम्म खेल्न सक्नुभएको भए अझ राम्रो हुन सक्थ्यो ।

बीचमा मनप्रित र आर्याविर चौधरीको ४८ रनको राम्रो साझेदारी भयो । त्यसले पनि सम्मानजनक स्कोर बनाउन मद्दत गर्यो ।

मनप्रित अनुभवी खेलाडी हुन् र उनले अझ ब्याट क्यारी गर्न सकेको भए सिंगापुरले १५० माथिको स्कोर बनाउन सक्थो ।

अब नेपालले पहिलो ६ ओभरमा कसरी ब्याटिङ गर्छ त्यसमा नेपालले कति ओभर खेल सकाउँछ थाहा हुन्छ । कुशल भुर्तेलको ब्याटिङ हेर्नलायक हुनेछ ।

शरद भेषावकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय