+
+

अन्नपूर्ण बेस क्याम्पमा यसरी हुँदैछ गुटेरेसको स्वागत तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १८:०२
अन्नपूर्ण आधार शिविरमा हेलिप्याड बनाउँदै नेपाली सेना । तस्वीर सौजन्यः हिमबहादुर गुरुङ

१३ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको छ ।

सोमबार आधार शिविर (बेसक्याम्प) मा नयाँ हेलिप्याड बनाउनेदेखि सुरक्षा व्यवस्था कडाइ गर्ने काम भइरहेको अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।

गुटेरेसको स्वागत तयारीका लागि आइतबार नै गाउँपालिकाको टोली आधार शिविर पुगेको थियो ।

हालसम्म साना व्यवसायिक हेलिकप्टर अवतरण गर्न आधार शिविरमा एउटामात्रै हेलिप्याड थियो । तर, गुटेरेससहितको टोलीका लागि नेपाली सेनाको सहयोगमा थप २ वटा हेलिप्याड बनाइएको छ ।

गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी छ ।

सोमबार पोखरामै बास बसेर मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् र करिब आधा घन्टा बिताएर पोखरा फर्किनेछन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?