+

टी-२० विश्वकप छनोटमा ओमान र हङकङ विजयी

२०८० कात्तिक  १३ गते १८:१८ २०८० कात्तिक १३ गते १८:१८
टी-२० विश्वकप छनोटमा ओमान र हङकङ विजयी

१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेट छनोटमा ओमान र हङकङ विजयी भएका छन् ।

आज सोमबार भएका खेलमा समूह एको ओमानले मलेसियालाई ३२ रनले हरायो ।

पहिला ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

१५४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो ।

समूह एकै पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको थियो ।

यस्तै समूह बीको खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गर्‍यो ।

मुलपानीमा पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

१६७ रनको लक्ष्य पछ्याएको कुवेतले ८ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

यो समूहको पहिलो खेलमा यूएईले बहराइनमाथि ५ विकेटको जित निकालेको थियो ।

ओमान क्रिकेट टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय