+

अफगानिस्तानविरुद्ध श्रीलंका २४१ रनमै अलआउट

२०८० कात्तिक  १३ गते १८:४७ २०८० कात्तिक १३ गते १८:४७
अफगानिस्तानविरुद्ध श्रीलंका २४१ रनमै अलआउट

१३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकालाई २४१ रनमा अलआउट गरेको छ ।

भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमायो । उसको सुरुवात राम्रो रहेन ।

२२ रन जोड्दा पहिलो विकेटका रुपमा दिमुथ करुणारत्ने आउट भए । तेस्रो नम्बरमा आएका कुशल मेन्डिसले पथुम निसांकासँग ६२ र सदीरा समरविक्रमासँग ५० रनको साझेदारी गर्दै श्रीलंकाको पारी उकासे । पथुम ४६ रनमा आउट भए । कुशल ३९ रनमा पभेलियन फर्किँदा श्रीलंकाको स्कोर १३४/३ थियो ।

त्यसपछि लगातार विकेट गुमाएको श्रीलंकाका एन्जेलो म्याथु र महेश थीक्षणाले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे । थीक्षणा २९ र म्याथु २३ रनमा आउट भए ।

श्रीलंकालाई मध्यम स्कोरमै अलआउट गर्ने क्रममा अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए भने मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।

अफगानिस्तान क्रिकेट विश्वकप क्रिकेट श्रीलंका क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय