
१३ कात्तिक, काठमाडौं । आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन् । ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसकेका उनले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।
नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका लागि आफूले स्काइ डाइभ गरेको उनले बताए ।
नेपालमा पनि स्काइडाइभिङको संभावना छ भन्ने पुष्टि गरेको भन्दै उनले यसबाट रोजगारीको सम्भावना बढाउन मद्दत पुग्ने बताए ।
म्याग्दीमा जन्मेका उनी पूर्व ब्रिटिस गोर्खा सैनिक उनले सन् २०१२ बाट आरोहण थालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4