+
+

गुटेरेसले संसदलाई सम्बोधन गर्नुअघि राष्ट्रिय सभा अध्यक्षसँग भेट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १४:१७

१४ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासाग भेट गर्ने भएका छन् ।

आज मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले अध्यक्ष तिमिल्सिनासँग भेट गर्ने भएका हुन् ।

अध्यक्ष तिमिल्सनाको सचिवालयले जनाएअनुसार गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किएलगत्तै दिउँसो तीन बजे सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गर्ने कार्यक्रम रहेको छ ।

तीनदिने औपचारिक नेपाल भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?