१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध पहिले बलिङ गरेको नेपालले ११ औं ओभरसम्म ३ विकेट लिएको छ । नेपालको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
उनले १०.१ औ ओभरमा मलेसियाका विरनदीप सिंहलाई आउट गरे ।
यसअघि पाँचौं ओभरमा नेपालका अविनाश बोहराले पहिलो विकेट लिएका थिए । पहिलो विकेटका रुपमा ओपनर जुबैदी जुलकिफ आउट भएका थिए ।
त्यस्तै सन्दीप लामिछानेको बलमा मलेसियाका अहमद फैज रन आउट भएका थिए । ११ ओभर समाप्त हुँदा मलेसियाले ३ विकेट गुमार ९० रन जोडेको छ ।
प्रतिक्रिया 4