+
+

४ वर्षयताकै उच्च लाभांश घोषणा गरे पनि स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १५:४१

१४ कात्तिक, काठमाडौं । आकर्षक नगद लाभांश घोषणा गरेको भोलिपल्ट नै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य उच्च दरले घटेको छ । लाभांश घोषणा गरेको भोलिपल्ट मंगलबार बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १० रुपैयाँ ३० पैसा घटेको हो ।

सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ ३० पैसा रहेकोमा मंगलबार घटेर प्रतिकित्ता ५१५ रुपैयाँमा झरेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा यो बैंक दोस्रो स्थानमा रह्यो । मंगलबार कुल ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा स्ट्यान्डर्ड चार्टर्डको मात्रै १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

बैंकको सञ्चालक समिति बैठकले सोमबार साँझ मात्रै गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । जुन लाभांश ४ वर्ष (आर्थिक वर्ष २०७६/७७) यताकै उच्च हो । यसअघि बैंकले गत आर्थिक वर्ष २०७९/८० मा १६.१५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

त्यस्तै २०७८/७९ मा ३.०६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १३.०६ प्रतिशत लाभांश प्रदान गरेको थियो भने २०७७/७८ मा ४.८५ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर गरी ११.८५ प्रतिशत लाभांश प्रदान गरेको थियो । २०७६/७७ मा भने बैंकले २२.५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?