+

मलेसियाविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

२०८० कात्तिक  १४ गते १५:५२ २०८० कात्तिक १४ गते १५:५२
मलेसियाविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मंगलबार मलेसियाविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ । नेपालले ११ ओभरको समाप्तिमा १ विकेट गुमाएर ११५ रन बनाएको छ । ११ औं ओभरमा मात्र नेपालले २० रन जोडेको छ ।

क्रिजमा कुशल मल्ल ३८ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ३२ रन बनाएर १२ औं ओभरमा आउट भएका छन् । यसअघि कुशल भुर्तेल ४३ रन जोडेर आउट भएका थिए । पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय