१४ कात्तिक, काठमाडौं । नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सबै खेल गुमाउने भएका छन् ।
छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा घाइते भएका दीपेन्द्र निको हुन कम्तीमा पनि १ देखि डेढ महिना लाग्ने टिमका सदस्य सन्दीप लामिछानेले पत्रकारहरुसँग भने ।
‘दीपेन्द्रको चोट गहिरो नै रहेको छ र उसलाई रिकभर हुन कम्तीमा पनि १ देखि डेढ महिना लाग्ने बुझिएको छ’, सन्दीपले पत्रकारहरुसँग भनेका थिए ।
दीपेन्द्रको बाँया खुट्टाको एङ्कलमा चोट लागेको थियो ।
प्रतिक्रिया 4