+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १८:२०

१४ कात्तिक, काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान नै पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए ।

प्रहरीले यही प्रकरणमा उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको छ । श्रेष्ठले ५ लाख रुपैयाँ लिएर भिजिट भिसामा एक व्यक्तिलाई पठाउन लागेका थिए । त्यसका लागि उनले प्लस टुको सर्टिफिकेट नक्कली बनाइदिएका थिए ।

नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा सुरुमा आशिष पक्राउ परेका थिए । उनको बयानका आधारमा प्रहरी जवान जीवराजको संलग्नता खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप लागेको छ । उनले भने इन्कारी बयान दिँदै आएका छन् । प्रहरीले प्राविधिक पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका दुवै जनालाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?