+
+

फिल्म ‘जम्प’ मङ्सिर २९ गतेदेखि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते २०:४२

काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ ।

फिल्म मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ । कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । बिगतमा दबाएर राखिएका अनुभूतिले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका कथानक घुम्ती र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्म नेपाली फिल्ममा नयाँ मानक स्थापित गर्नेमा निर्माता आशावादी छन् । इशा खड्का कार्यकारी निर्माता हुन् ।

फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका छ । बिनिता अभिनित फिल्म ‘हल्कारा’ यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको छ । बिदेशी फिल्म फेस्टिभलमा दरिलो उपस्थिति जनाइसकेको फिल्ममा नेपाली दर्शकलाई छुट्टै स्वाद दिने निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिममा आशुतोषसहित, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल छन् । गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?