+
+

‘क्रिस ४’ मा ऋतिक र प्रियंकाको जोडी, फेब्रुअरीबाट छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १३:४५

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनका फ्यानलाई खुसीको खबर छ । यी एक्सन अभिनेता अब सुपरहिरो फिल्म ‘क्रिस’को चौथो श्रृंखलालाई दर्शकमाझ प्रस्तुत गर्ने तयारीमा छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार यो फिल्मको छायांकन सन् २०२४ को फेब्रुअरी वा मार्चमा थाल्ने तयारी छ । ‘उनी यो श्रृंखलाको लागि निश्चित हुन चाहन्छन् किनभने लामो समयपछि कथाको पुनः प्रारम्भ हुँदैछ । निर्माता यसलाई गलत रुपमा प्रस्तुत गर्न चाहँदैनन्,’ स्रोतले भन्यो ।

निर्माताले ‘क्रिस ४’ का लागि अन्तर्राष्ट्रिय छायांकन थलो खोजिरहेका छन् । ‘उनीहरूको दिमागमा धेरै ठाउँ छन् तर उनीहरूले सबैभन्दा राम्रो सहुलियत कहाँ पाउँछन् भन्ने आधारमा स्थान निर्धारण गर्नेछन् । उनीहरूले केही महत्वपूर्ण दृश्यको लागि सिंगापुर भ्रमण पनि गर्न सक्छन्,’ स्रोतले भन्यो ।

निर्माताले अभिनेत्री प्रियंका चोपडासँग पनि सम्पर्क गरिरहेका छन् । ‘क्रिस’मा पनि प्रियंकाले ऋतिकको ‘लभ इन्ट्रेस्ट’को भूमिका निर्वाह गरेकी थिइन् ।

‘प्रीति जिन्टा फ्रेन्चाइजीमा फर्किने छैनन् तर निर्माता प्रियंकालाई दोहोर्‍याउने चाहनामा छन् । ऋतिकले पनि ‘क्रिस ४’ मा आफ्नो रोलका लागि सक्रिय रुपमा तयारी गरिरहेका छन् । हालै ‘फाइटर’को छायांकन सकेका उनले अबको तयारी ‘क्रिस ४’ मा केन्द्रित गरेका छन् । यो भूमिकाको लागि उनी फिटनेस ट्रान्सफर्मेसनबाट गुज्रिरहेका छन् । ऋतिक र उनका पिता राकेश रोशन दुवैले फिल्मलाई लिएर भने अहिलेसम्म आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?