
१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।
ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो ।
अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए ।
‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्याउन सकियोस्, शान्ति स्थापना होस् भनेर प्रदर्शनमा प्लाकार्ड, कविता साथै प्यालेस्टाइन स्वतन्त्रताको अधिकारको सम्मानका पक्षमा आवाज उठ्यो’, रौनियारले भने, ‘कार्यक्रममा यहुदी, मुस्लिम, क्रिश्चियनहरुसमेतको सहभागिता थियो । युवाहरु उल्लेख्य सहभागी थिए ।’
फोटोपत्रकार रौनियारले खिचेका तस्वीरहरु हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4