१५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक पूरा गरेका छन् ।
पुनेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि ओपनिङमा आएका उनले १०३ बलमा शतक पूरा गरेका हुन् ।
छक्का हानेर शतक पूरा गर्ने क्रममा उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
जारी विश्वकपमा चौथो शतक पूरा गरेका उनी यो विश्वकपका अहिलेसम्मका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
प्रतिक्रिया 4