
१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन् ।
बुधबार चाडपर्वको अवसर पारेर एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन् ।
‘शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्छ । एकदम राम्ररी टुंग्याउनुपर्छ । सहमतिका साथ टुंग्याउनुपर्छ र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनुपर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ । ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ’, उनले भने ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताए ।
प्रतिक्रिया 4