+

करण र सोमपालको सुरुको चार ओभर महत्वपूर्ण हुन्छ : शरद भेषावकर

२०८० कात्तिक  १६ गते ९:०७ २०८० कात्तिक १६ गते ९:०७
करण र सोमपालको सुरुको चार ओभर महत्वपूर्ण हुन्छ : शरद भेषावकर

१६ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहेको छ । टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले ओमान विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

यसअघि नै दुवै टोली लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेल जित्ने टिम समूह एको विजेता बन्नेछ । सेमिफाइनल समिकरणका लागि आजको खेल जित्नु दुवै टिमका लागि महत्वपूर्ण छ ।

आजको खेलअघि टस जित्नुको फाइदा, खेलको रणनीति यसको खेलको महत्वको बारेमा अनलाइनखबरको ग्रेष्ट एक्सपर्ट शरद भेषावकरसँग गरिएको संक्षिप्त कुराकानी :

आज बिहानदेखि मौसम सफा छ । क्लाउडी छैन । बलले जति बढी गर्न सक्थ्यो त्यो गर्दैन । तैपनि ३–४ ओभरमा नयाँ बलले केही गर्छ । सुरुको चार ओभर करण र सोमपालको महत्वूपर्ण हुन्छ । त्यसमा हामीले विकेट निकालन सके पावर प्लेको सुरुवात हाम्रो पक्षमा हुन्छ र त्यसको फाइदा हुन्छ ।

टस जितेर हाम्रीलाई एउटा फाइदा भइसकेको छ । हामीले धेरै ट्राई नगरी राम्रो बलिङ रग्नुपर्छ ।

ओमानको बिलाल खान, अकिब इल्यास र कप्तान जिसान मक्सुद महत्वपूर्ण खेलाडी हुन् । उनीहरुलाई कसरी बलिङ गराउँछौं भन्ने रणनीति महत्वपूर्ण हुन्छ ।

नयाँ बलमा हामीले बिलाललाई विकेट नदिने जिसान मिडल अर्डमा बलिङ गर्न आउँदा कसरी खेल्ने भन्ने महत्वपूर्ण हुन्छ । अकिब नम्बर थ्री मा ब्याटिङ गर्न उसको विकेट पनि महत्वपूर्ण हुन्छ ।

यस खेलमा पनि पहिलो पाँच ओभरमा ओमानले राम्रो सुरुवात पाए नेपालले एक ओभर भएपनि पावर प्लेमा सन्दीप लामिछानेलाई ल्याउनुपर्छ । उनीहरुको ब्याटिङ टप अर्डर नै राम्रो छ ।

टी–२० मा बेस्ट ब्याटरसँग बेस्ट बलरलाई नै प्रयोग गर्नुपर्छ त्यसैले सन्दीपलाई पछाडि राख्नु भन्दा अगाडि नै बलिङ गराउनु राम्रो हुन्छ ।

यो कन्डिसनमा टस जितेर बलिङ रोज्दा चाही हामीसँग चार जना पेसर छन् । मेरो विचारमा हामीलाई एडभान्टेज नै छ । पेस र स्वीङ गराउन सक्ने सोमपाल छ । यस्तै सोमसहित करण र गुल्सन अलराउण्डरको रुपमा पनि छन् ।

सोमपाल र करणबाट अघिल्ला खेलमा अपेक्षा अनुसार पाउन सकेको छैन । आजको खेलमा चाहीँ उनीहरुलाई पनि विकेट लिएर सुरुवात दिलाउने अवसर छ ।

यो खेल पनि नेपालको लागि महत्वपूर्ण हुन्छ । यस खेल जितेर समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा हङकङ वा बहराइन मध्ये एकसँग खेल्नुपर्नेछ । यस्तै समूह विजेता बन्दा सेमिफाइनल पनि टीयू मैदानमै खेल्न पाउनेछ ।

आजको खेलमा सबैभन्दा फरक भनेको फिल्डिङ र रनिङ विटविन दी विकेट हुन्छन् । हाम्रो योङ प्लेअरहरु छन् । फिल्डिङ र फिटनेसमा हामी उनीहरु भन्दा अगाडि छौँ । जुन टी२० मा धेरै फाइदा हुन्छ । ओमानलाई एउटै फाइदा भनेको उनीहरु धेरै लामो समयदेखखि खेलिराको खेलाडीहरु भएकोले अनुभवी टिम छन् ।

आईसीसी टी–२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय