
१५ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।
पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एक/एक विकेट लिएका छन् ।
सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए । गुल्शन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमानका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे । झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए ।
ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् । ओमानका कश्यप प्रजापतिलाई करणले आउट गराए ।
६ ओभर सकिदा ओमानले ४३ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4