+

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

२०८० कात्तिक  १६ गते १०:१६ २०८० कात्तिक १६ गते १०:१६
सन्दीपले लिए एकै ओभरमा दुई विकेट

१५ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानविरुद्ध नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीप लामिछानेले लिएका छन् ।

लामिछानेले १४औं ओभरको पहिलो र दोस्रो बलमै विकेट लिएका थिए ।

ओमानका कप्तान जिसन मकसुदसँग राम्रो साझेदारी गरिररहेका आयान खानलाई सन्दीपले बोल्ड गरेका छन् । जिसन र खानले ४९ रनको साझेदारी गरिरहेका थिए ।

अर्को बलमा नयाँ ब्याट्सम्यान मेहरान खानलाई एलबीडब्लु गरे ।

त्यसपछि सन्दीपलाई ह्याट्रिक गर्ने अवसर थियो । तर नो बल फालेपछि ह्याट्रिकको अवसर गुमाए । १४ ओभरको खेल सकिदा ओमानले ६ विकेट गुमाएर ९८ रन बनाएको छ ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय