+

नेपालको बलिङ उत्कृष्ट रह्यो : शरद भेषावकर

२०८० कात्तिक  १६ गते १०:५३ २०८० कात्तिक १६ गते १०:५३
नेपालको बलिङ उत्कृष्ट रह्यो : शरद भेषावकर

काठमाडौं । आईसीसी टी २० विश्वकप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अहिले ओमानसँग खेलिरहेको छ । टीयु मैदानमा टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई १४५ रनमा रोकेको छ ।
पहिलो इनिङ्सको बारेमा शरद भेषावकरको विश्लेषण-

टस जितेर पहिले बलिङ गर्दा हामीलाई फाइदा थियो । त्यही अनुसार पावर प्लेको सुरुमा ४ विकेट लिएर एडभान्टेज लियो । जसले गर्दा ओमानलाई यो स्कोरमा रोकन सफल भयौँ ।

ओभरअलमा डिसेन्ट बलिङ प्रदर्शन भन्नुपर्छ । ओडिआई टिमलाई यो मैदान यो पिचमा रोक्नु राम्रो हो । लास्ट ओभरमा मात्र अली मोमेन्टम गाको जस्तो भयो १७ रन दियो । १४० सम्म राखेको भए सहजै चेज हुन्थ्यो ।

अब पावर प्लेमा हाम्रो लय अनुसार ब्याटिङ गर्नुपर्छ । उनीहरुको आज पनि ३ लेफ्ट आर्म स्पीनर छ । कुशल मल्ललाई कोचले कसरी प्रयोग गर्छ त्यसमा भर पर्छ ।

बिलाल खानको बलिङमा राम्रोसँग खेल्नुपर्छ । खेलको सिचुएसन अनुसार कुशल वान डाउन वा पछि आउन सक्छ । कोचले कुशल मल्लाई बिलालको बलिङमा ब्याटिङमा पठाउँदैन होला ।

बलिङ युनिटले आज राम्रो काम गर्‍यो । करणको लास्ट ओभरमा अलिकति धेरै रन गयो ।

यसअघिका खेलमा भन्दा सोमपाल र करणले आज अपेक्षा गरे जस्तै राम्रो प्रदर्शन गरे ।

आईसीसी टी २० विश्वकप छनोट शदर भेषावकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय