+
+

फर्स्ट माइक्रोफाइनान्सको नाफा २०.५२ प्रतिशतले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १२:४६

१६ कात्तिक, काठमाडौं । सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजनिङ नगर्दा फन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ ।

लघुवित्तले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ५ करोड ६ लाख ८४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ मुनाफा कमाएको लघुवित्तको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २०.५२ प्रतिशतले नाफामा गिरावट भएको हो ।

लघुवित्तको खुद ब्याज आम्दानीमा उच्च गिरावट हुँदा नाफा पनि घटेको हो । लघुवित्तले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रथम त्रैमासमा ८ करोड १ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड १ लाख ७९ हजार खुद ब्याज आम्दानी गरेकोमा लघुवित्तको खुद ब्याज आम्दानी नै ३३.२७ प्रतिशतले गिरावट भएको छ ।

थोक कर्जा प्रवाह गर्ने लघुवित्तको कुल कर्जा लगानीमै गिरावट भएको छ । जसले ब्याज आम्दानी पनि घटेको हो । गत असार मसान्तमा ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तको कुल कर्जा असोज मसान्तमा घटेर ७ अर्ब १३ करोड मा झरेको छ ।

यस्तै लघुवित्तले कर्जा प्रवाह गर्न लिएको सापटी पनि असार मसान्तमा ७ अर्ब ४६ करोड ५० लाख रहेको असोज मसान्तमा घटेर ६ अर्ब ४६ करोड ६४ लाखमा झरेको छ । कर्जा लगानी नै घट्दा खुद ब्याज आम्दानी घटेको लघुवित्तले सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन गरेको छैन ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २६ लाख ३५ हजार प्रोभिजनिङ गरेको थियो । प्रोभिजनिङ नगरेपनि खुद ब्याज आम्दनी नै घट्ला लघुवित्तको सञ्चालन नाफा पनि घटेको हो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ९ करोड ११ लाख २ हजार सञचालन नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड २४ लाख ६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो ।

१ अर्ब १४ करोड ७७ लाख ४६ हजार रुपैयाँ भुक्ता पूँजी रहेको लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २६ रुपैयाँ ४५ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १७ रुपैयाँ ६६ पैसामा झरेको हो । लघुवित्तको सञ्चित नाफा २० करोड ४७ लाख ३३ हजार र जगेडा कोषमा २८ करोड १६ लाख ११ हजार रुपैयाँ छ ।

प्रथम त्रैमामसमाा कमाएको नाफाबाट २ करोड २८ लाख ४१ हजार सहित कम्पनीको उक्त सञ्चित नाफा हो । जसबाट हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीले अधिकतम १७.८४ प्रतिशतसम्म लाभँंश दिन सक्छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ । यस्तै पूँजीकोष अनुपात २३.७४ प्रतिशत, निष्कृय कर्जा अनुपात १.९१ प्रतिशत र ब्याजदर अन्तर १.६० प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?