
काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५-१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।
मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले उनीहरुलाई शनिबार राति पक्राउ गरेको थियो । स्थानीय रमेशनाथ पाण्डेको घरमा विष्ट दाजुभाइले डान्स तालिम केन्द्र चलाउँदै आएका छन् ।
रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4