
१६ कात्तिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।
कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो । कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै आईपीओ पाएका हुन् । कम्पनीले कात्तिक २३ देखि २६ गतेसम्म आईपीओ निस्कासन गरेको थियो ।
कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।
आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4