
१६ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित गुनासोहरु अब सर्वसाधारणले भाइबर र ह्वाट्सएपममा सिधै पठाउन सक्ने भएका छन् ।
मन्त्रालयले ९७६१७६८३१५ नम्बरको मोबाइलमा यस्तो गुनासो सिधै भाइबर र ह्वाट्सएपमा पठाउन सकिने जानकारी गराएको हो ।
यसबाहेक ‘उजुरी एट टूरिजम डट जीओभी डट एनपी’मा इमेल गरेर समेत गुनासोहरु टिपाउन सकिने मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जानकारी दिएका छन् ।
मन्त्रालय र मातहतका निकायसँग कुनै गुनासो, उजुरी र सुझाव भएमा अब आम नागरिकले सिधै मन्त्रालयमा गुनासो गर्न सक्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4