+
+

वर्तमान सरकारलाई एक वर्ष आखाँ चिम्लेर काम गर्न दिऔं : नागरिक उन्मुक्ति पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १५:५३

१६ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसद र सरकारको कामकारबाहीलाई लिएर सदनमा भएको आरोप-प्रत्यारोपप्रति असन्तुष्टि जनाएको छ

बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीका तर्फबाट बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘हामी सबै जनप्रतिनिधि भइसकेपछि नेपाल सरकारको अंग हौं । हामी नेपाल सरकारको दायीत्व लिएर बसेका छौं । एक अर्कालाई आक्षेप लगाउनु भन्दा यो सरकारलाई सही ढंगले दौडनका लागि प्रतिपक्ष, सत्तापक्ष दल र स्वतन्त्र सांसद सबैले एक वर्ष आखाँ चिम्लेर काम गर्न दिऔं, सहयोग गरौं ।’ उनले भने ।

एक वर्ष काम गर्न दिँदा पनि सही रुपमा काम गरेको अनुभूति हुन नसके समीक्षा गरेर सरकार बदल्न सकिने बताए । भ्रष्टाचारविरुद्धको अभियानमा संघीय सरकारले सकारात्मक कामहरु गरेको उनले बताए ।

साथै तीन वटै तहको सरकारको बीचमा समन्वय आवश्यक रहेको र त्यसका लागि पनि काम गर्नुपर्नेमा उनले जोड दिए । सरकारले संसदमा उठेका विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा पनि उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?