
काठमाडौं । हलिउड अभिनेत्री स्कारलेट जोहान्सनले बिना अनुमति अनलाइन विज्ञापनमा आफ्नो नाम र रुचिका कुराहरु राखिएको भन्दै एआई (कृत्रिम बौद्धिकता) एपविरुद्ध कानुनी कदम उठाएकी छन् ।
ट्वीटरमा ‘लिसा एआई : ९० को इयरबुक एण्ड अवतार’ नामक एआई एपले पोस्ट गरेको २२ सेकेण्डको भिडियोमा अभिनेत्री जोहान्सन देखा परेकी थिइन् ।
अभिनेत्रीका प्रतिनिधिले भेराइटीलाई जोहान्सन एपका प्रवक्ता नभएको र उनका वकील केभिन योर्नले यो परिस्थितिलार्ई कानुनी रुपमा नियन्त्रणको प्रयत्न गरिरहेका छन् । गत अक्टोबर २८ मा देखिएको यो विज्ञापन पछिल्लो समय भने इन्टरनेटबाट गायब देखिन्छ ।
‘हामी यी चीजलाई हल्का ढंगले लिंदैनौं । हाम्रो दैनिक काम गर्ने शैलीअनुसार यो परिस्थितिलाई हामी कानुनी प्रक्रियाबाटै व्यवहार गर्छौं,’ उनले भने । उक्त भिडियो मार्वल फिल्म ‘ब्ल्याक विडो’को एक अंशबाट सुरु हुन्छ, जसमा जोहान्सन भन्छिन्- के छ साथीहरु ? म स्कारलेट हो र म चाहन्छु कि तपाईं मसँग आउनुहोस् ।’
जोहान्सनको नक्कल गर्दै उक्त नक्कली आवाजले एआई एपको प्रचार गर्दै बोलीलाई जारी राख्छ । ‘यो अवतारमा मात्र सीमित छैन । शब्दका माध्यमबाट तपाईं एआई तस्वीर र भिडियो सिर्जना गर्न सक्नुहुन्छ । मलाई लाग्छ कि तपाईंले यसलाई बिर्सनु हुँदैन,’ जोहान्सनको जस्तो आवाजले भन्छ ।
धेरै अमेरिकी राज्यमा गोपनीयताको अधिकारको सन्दर्भमा कडा कानुन छन् । क्यालिफोर्नियाले विज्ञापन वा पदोन्नतिको उद्देश्यका लागि कसैको नाम, आवाज, हस्ताक्षर, फोटो वा रुचिका कुरालाई अनाधिकृत प्रयोग अनुमति दिएको छैन ।
यो सन्दर्भमा अभिनेत्री जोहान्सन मात्र एक्ली अभिनेत्री होइनन् । यसअघि अभिनेता टम ह्यांक्सले आफ्नो दाँतको योजनाबारेको विज्ञापनमा एआईलाई सामाजिक सञ्जालबाट चेतावनी दिएका थिए । ‘होसियार, यसमा मेरो कुनै संलग्नता छैन,’ उनले इन्स्टाग्राममा लेखेका थिए ।
प्रतिक्रिया 4