+
+

सबै दल मिलाएर सरकार बनाउने प्रयास छ : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १८:५८

१६ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा समेट्ने आफ्नो प्रयास रहेको बताएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा कांग्रेस निकट पत्रकारसँग कुरा गर्दै उनले सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् । उनले प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउने प्रयास भइरहेको बताए ।

कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्ने दलको गुनलाई नबिर्सने बताउँदै यसअघिका मुख्यमन्त्रीहरुले सहमतीय सरकार बनाउने गरेको प्रयासलाई आफूले सफल बनाउने बताए ।

२७ असोजमा नियुक्त भएका कार्कीले २८ असोजमा एमालेका एक र कांग्रेसका एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए । एमालेलाई बाहिर राख्नुपर्ने सत्ता गठबन्धन दलको दबाब र गठबन्धन दल सहभागी भए सरकारबाट बाहिरिने एमालेको चेतावनीका कारण उनले सरकार विस्तार गर्न सकेका छैनन् ।

दलहरुसँग छलफल चरिहेको बताउँदै उनले चाडै सरकार विस्तार गर्ने बताए । प्रदेशको बजेट प्रतिस्थापन विधेयक पनि सहमतिका आधारमा ल्याउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?