१६ कात्तिक, काठमाडौं । मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई सुट प्रायोजन गर्ने भएको छ ।
क्यान र बागबजारमा रहेको व्यावसायिक कम्पनी मेरिना इम्पेक्सबीच बिहीबार सुट प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार मेरिना इम्पेक्सले राष्ट्रिय क्रिकेट टिम र क्यानका बोर्ड सदस्यलाई गरी ४० जोर सुट प्रायोजन गर्नेछ ।
उक्त सम्झौतामा क्यानकातर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका सिईओ पवन खड्काले हस्ताक्षर गरेका छन् ।
मेरिना इम्पेक्सले आकर्षक डिजाइनमा राम्रो गुणस्तरको सुट प्रदान गर्ने र क्यानले भनेको स्थानमा डेलिभर गर्ने जनाएको छ ।
हाल आईसीसी टी-२० विश्वकपको एसिया छनोट खेलिरहेको नेपाली क्रिकेट टोलीको चर्चा बढ्दो छ । नेपालले अर्को वर्ष वेषट इन्डिज र अमेरिकामा हुने टी२० विश्वकपमा स्थान बनाउका लागि शुक्रबार यूएईसँग महत्वपूर्ण खेल खेल्दैछ ।
टी-२० विश्वकप एसिया छनोटमा नेपाल र यूएईबीचको सेमिफाइनल खेल मुलपानी मैदानमा बिहान ११ बजे सुरु हुनेछ । सेमिफाइनल खेल जित्ने दुई टोली मात्र विश्वकप पुग्ने भएकोले नेपालको लागि यो खेल जित्नैपर्ने अवस्था छ ।
प्रतिक्रिया 4