१६ कात्तिक, काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणका लागि डिफेण्डर दिनेश राजवंशीलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
पोखरा थण्डर्सले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टिमबाट खेलिसकेका राजवंशीलाई मार्की खेलाडी अनुबन्ध गरिएको जानकारी गराएको छ ।
पहिलो सिजन धनगढी एफसीबाट खेलेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्छन् । उनी त्यहाँ यती एफसीबाट फुटबल खेल्दै आएका छन् ।
राष्ट्रिय टिमका विंगर आयुष घलान मार्की खेलाडी रहेको पोखरा थण्डर्सले दिनेश राजवंशीलाई अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गरेको छ ।
‘हामी दिनेश राजवंशीलाई आइकोनिक खेलाडीका रुपमा क्लबमा अनुबन्ध गर्न पाउँदा एकदमै खुसी छौं । उनी रक्षापंक्तिमा धेरै अनुभव भएका एक बहुमुखी खेलाडी हुन्,’ थण्डर्सले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनले मैदानमा देखाउने खेल कौशल र नेतृत्व क्लबका लागि एकदमै मुल्यवान हुनेछ । हामी मैदानमा दिनेशको प्रभावशाली खेल हेर्न उत्साहित छौं ।’
गत सिजन धनगढी फाइनल पुग्दा दिनेशले उत्कृष्ट प्रदर्शन गरेका थिए र प्रतियोगिताको उत्कृष्ट डिफेण्डर घोषित भएका थिए ।
दिनेशले नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् ।
पोखराको टिम:
आयुष घलान (मार्की), अन्जल महर्जन, सुरज जिउ ठकुरी, सञ्जिव विष्ट, पुजन होना, दीपेश आले मगर, पदम भट्टराई, पदमकुमार तामाङ, जीवन गुरुङ, विपीन कँडेल, अनिष पोम्बु लिम्बु, नरेन्द्र चौधरी, कमलबहादुर थापा, सुनिल घलान, दीनेश राजवंशी (आइकोनिक) ।
प्रतिक्रिया 4