+
+

संसारका धनी फिल्म कलाकारमा शाहरुख खान पाँचौं, ज्याकी च्यान १७ औं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:३५

काठमाडौं । हलिउड अभिनेत्री जामी गर्ट्ज विश्वकै धनी फिल्म तथा टेलिभिजन कलाकार घोषित भएकी छन् । ‘वेल्दी गोरिल्ला’ म्यागजिनले संसारका धनी ५० अभिनेताको सूची सार्वजनिक गरेको छ, जसमा तीन भारतीय र एक चिनियाँ एक्टर छन् ।

सन् १९८० को दशकमा फिल्मी उपस्थितिका लागि मूल रूपमा परिचित गर्ट्ज एक प्रसिद्ध अभिनेत्री, उद्यमी र परोपकारी हुन् । उनको कुल सम्पत्ति तीन बिलियन अमेरिकी डलर रहेको सूचीमा उल्लेख छ ।

डिज्नीका केही चर्चित फिल्ममा समेत अभिनय गरेका ब्रोक पियर्स सूचीको दोस्रो स्थानमा छन् । ‘क्रिप्टोकरेन्सी’ उद्यमी समेत रहेको उनको सम्पत्ति दुई बिलियन डलर रहेको जनाइएको छ । जेरी सेनफिल्ड ९५० मिलियन डलरसहित तेस्रो स्थानमा छन् ।

हलिउड अभिनेता ड्वेन जोन्सन ८०० मिलियन डलरसहित चौथो स्थानमा छन् । बलिउड अभिनेता शाहरुख खान र हलिउड अभिनेता टम क्रुज ६०० मिलियन डलरसहित धनीको पाँचौं स्थानमा छन् । ५०० मिलियन डलरसहित हलिउड अभिनेताहरु जर्ज क्लुनी र रोबर्ट डी नेरो छैटौंमा छन् ।

चिनियाँ मार्सल आर्ट्स स्टार ज्याकी च्यान सूचीको १७ औं स्थानमा छन् र उनको सम्पत्ति ४०० मिलियन डलर छ । २३ औं स्थानमा रहेका केनु रिभ्सको सम्पति ३८० मिलियन डलर छ । बलिउड अभिनेता सलमान खान २६० मिलियन डलरसहित सूचीको ३४ औं स्थानमा छन् । २४० मिलियनसहित अक्षयकुमार ४७ औं स्थानमा छन् ।

हलिउड निर्देशक जर्ज लुकास र स्टिभन स्पिलवर्ग संसारका धनी निर्देशक बनेका छन् । १.४ बिलियन डलरसहित किम कार्दसियन संसारकै धनी मोडल घोषित भएकी छन् ।

‘वेल्दी गोरिल्ला’ले अभिनय र मोडलिङ करिअर मात्र नभएर सेलिब्रिटीको लगानी र व्यापारलाई पनि समेटेर तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?