
काठमाडौं । नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले ५० औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्काले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा ‘रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ आयोजन गर्न लागेको हो ।
नेपालमै गल्फको सुरुवातकर्ता रोयल नेपाल गल्फ क्लबले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ ।
यसै अवसरमा रुस्लान र रोयल नेपाल गल्फ क्लब दुवै मिलेर सो प्रतियोगिता आयोजन गर्न लागेको हो ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाका अनुसार रुस्लानको पाँच दशक यात्रा र रोयल नेपाल गल्फ क्लब को १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न लागिएको बताए ।
१७ र १८ कात्तिकमा रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा १३० जना रोयल नेपाल गल्फ क्लब सदस्यहरूको प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4