
१७ कात्तिक, विराटनगर । सशस्त्र प्रहरी बलको गोताखोर अभ्यासका क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4