+
+

ललितपुरको थसीखेलमा सेरेसको नयाँ शोरूम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १८:३३

काठमाडौं । ललितपुरको थसीखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरसीपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीको भनाइ छ।

उद्घाटन कार्यक्रममा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु ,सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी र  निर्देशक यशोदा लक्ष्मी आचार्यले आ–आफ्नो धारणा राखेका थिए ।

कम्पनीका अनुसार सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।

हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?